कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमालेले सर्वोच्चको आदेशको विरोधमा देशभर भण्डाफोर अभियान सञ्‍चालन गर्ने

काठमाडौँ — नेकपा (एमाले)ले सर्वोच्च अदालतको आदेशको विरोधमा देशभर भण्डाफोर अभियान सञ्चालन गर्ने भएको छ ।

शुक्रबार संघीय संसद्‌ भवनस्थित ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकले सर्वोच्च अदालतले मुलुकलाई निर्दलीय व्यवस्थातर्फ लैजानेगरी फैसला गरेको भन्दै त्यसविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । 

एमालेले सर्वोच्चको आदेशको विरोधमा देशभर भण्डाफोर अभियान सञ्‍चालन गर्ने

सर्वोच्च अदालतले संविधानको अपव्याख्या गरेर र दलीय व्यवस्थाको उपहास गरेर मुलुकलाई निर्दलीयतातर्फ लैजान खोजिएकाले संसदीय दलको बैठकले आपत्ति जनाएको प्रमुख सचेतक विशाल भट्टराईले बताए । सर्वोच्चको फैसलाको विरोधमा देशभर भण्डाफोर गर्ने निष्कर्ष निकालिएको उनले बताए ।

उनले भने– ‘सम्मानित सर्वोच्च अदालतको तर्फबाट संविधानको धारा/उपधाराको अपव्याख्या गरेर जसरी जनादेशलाई पूर्ण रुपमा इन्कार गरेर, लोकतन्त्रलाई उपहास गरेर दलीय व्यवस्थाको उपहास गरेर जसरी एउटा फैसला गरियो । निर्दलीय व्यवस्थातर्फ मुलुकलाई अग्रसर गराउने गरी जुन फैसला गरियो । त्यसप्रति हाम्रो यो बैठकले आपत्ति व्यक्त गरेको छ र यसलाई व्यापक रुपमा जनताका बीचमा भण्डाफोर गर्ने निष्कर्ष निकालेका छौं । र, यसलाई हामी व्यापक रुपमा जनताका बीचमा पुर्‍याउने छौं ।’

बैठकले ओली नेतृत्वको सरकारले बाढीपहिरो पीडित घाइतेलाई नि:शुल्क उपचार गर्ने घोषणा गरेको भन्दै वर्तमान सरकारसँग घाइतेको नि:शुल्क उपचार गर्न माग पनि गरेको छ ।

प्रकाशित : श्रावण १, २०७८ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?