कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीय राजदूत क्‍वात्राद्वारा प्रधानमन्त्री देउवालाई बधाई

काठमाडौँ — नेपालका लागि भारतीय राजदूत विनयमोहन क्‍वात्राले प्रधानमन्त्री शेरबहादुर देउवालाई सफल कार्यकालको शुभकामना दिएका छन् ।

भारतीय राजदूत क्‍वात्राद्वारा प्रधानमन्त्री देउवालाई बधाई

बुधबार बुढानिलकण्ठस्थित देउवा निवासमा पुगेर राजदूत क्‍वात्राले बधाई तथा शुभकामना दिएका हुन् ।

भेटमा दुई मुलुकबीचको सम्बन्धको बारेमा चर्चा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तै, नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले नयाँ प्रधानमन्त्री नियुक्त भएकोमा देउवालाई ट्वीटरमार्फत बधाई दिएका छन् । उनले दुई मुलुकबीचको झन्डै ७५ वर्ष लामो मित्रतालाई अझ बढावा दिने पनि उल्लेख गरेका छन् ।

प्रकाशित : असार ३०, २०७८ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?