सर्वोच्चको फैसलाविरुद्ध एमाले निकट खेलकुद महासंघको मसाल जुलुस- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्वोच्चको फैसलाविरुद्ध एमाले निकट खेलकुद महासंघको मसाल जुलुस

तस्बिर : अंगद ढकाल

काठमाडौँ — प्रतिनिधसभा पुन:स्थापना गर्ने सर्वोच्च अदालतको सोमबारको निर्णयको विरोधमा एमाले निकट नेपाल खेलकुद महासंघले मसाल जुलुस निकालेको छ ।

उनीहरुले बागबजारस्थित शंकरदेव क्याम्पसबाट मसाल जुलुस निकालेका हुन् । सर्वोच्च अदालत र प्रधानन्यायाधीशविरुद्ध नाराबाजी गर्दै उनीहरुले जुलुस निकालेका थिए ।

प्रकाशित : असार २८, २०७८ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्

एमालेको युवा संघद्वारा ओलीको समर्थनमा प्रदर्शन

तस्बिर : अंगद ढकाल

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा राष्ट्रिय युवा संघले सडक प्रदर्शन गरेको छ ।

संघमा आबद्ध नेता, कार्यकर्ताले वर्तमान सरकार र नेकपा एमालेविरुद्ध घेराबन्दी भएको भन्दै काठमाडौंमा प्रदर्शन आयोजना गरेका हुन् ।


विपक्षी गठबन्धनको असंवैधानिक भन्दै नयाँ बानेश्वरबाट सुरु भएको र्‍याली माइतीघरमा पुगेर सभामा परिणत भएको थियो ।

सहभागीले 'आजलाई होइन भोलिलाई १० वर्ष ओलीलाई', 'कानुनी शासन कायम गरौं', 'बौद्धिक अराजकताको अन्त्य गरौं' लगायतका नारा लगाएका थिए ।

प्रकाशित : असार २७, २०७८ १७:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×