कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल निवासमा गठबन्धनको बैठक बस्दै

काठमाडौँ — विपक्षी गठबन्धनको बैठक बस्ने भएको छ । सर्वोच्च अदालतको आदेशपछि विपक्षी गठबन्धनको बैठक एमाले नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा बस्न लागेको हो ।

नेपाल निवासमा गठबन्धनको बैठक बस्दै

कांग्रेस सभापति शेबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चले परमादेश जारी गरेपछि विपक्षी गठबन्धनको बैठक बस्‍न लागेको हो ।

देउवाका स्वकीय सचिव भानु देउवाले ५ बजे गठबन्धनको बैठक बस्न लागेको जानकारी दिए । '५ बजे पूर्वप्रधानमन्त्री तथा गठबन्धनका नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा विपक्षी गठबन्धनको बैठक बस्न लागेको छ,' उनले भने ।

प्रकाशित : असार २८, २०७८ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?