ओलीको पक्षमा माइतीघरमा प्रदर्शन
काठमाडौँ — काठमाडौंको माइतीघरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा राष्ट्रिय युवा संघले प्रदर्शन गरेको छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनःस्थापना र प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परामदेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय कार्यकर्ताहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले 'सबै फैसला मानिँदैन ! खबरदार' भन्दै सडकमा प्रदर्शन गरेका छन् ।
प्रकाशित : असार २८, २०७८ १४:२७प्रतिक्रिया