कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले कार्यदलको बैठक जारी

काठमाडौँ — नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक बसिरहेको छ । सिंहदरबारमा जारी बैठकमा पार्टीभित्रका समस्याका विषयमा छलफल हुने भएको छ ।

एमाले कार्यदलको बैठक जारी

सोमबार सिंहदरबारमा नै बसेको बैठकमा पछिल्लो घटनाक्रमको सामान्य समीक्षा भएपनि नियमित एजेण्डामा प्रवेश गरेको थिएन ।

नमिलेका सबै विषय कार्यदलले टुंग्याए त्यसमा आफ्नो सहमति हुने अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालले बताएको एक नेताले जानकारी दिए । जेठ पहिलो सातापछि निष्क्रियजस्तै कार्यदल सोमबार नै ब्युँतिएको छ ।

कार्यदलमा ओलीकातर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् ।

खनाल–माधवकुमार नेपालकातर्फबाट भीम रावलको संयोजकत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन् ।

प्रकाशित : असार २२, २०७८ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?