कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

कस्तुरीको बिना र बाघको छालासहित चार चिनियाँ ठमेलबाट पक्राउ

काठमाडौँ — प्रहरीले कस्तुरीको २० थान बिना र बाघको छालासहित चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । 

कस्तुरीको बिना र बाघको छालासहित चार चिनियाँ ठमेलबाट पक्राउ

सोमबार राति महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेबाट खटिएको विशेष टोलीले ठमेल क्षेत्रबाट ४ जना चिनियाँलाई पक्राउ गरेको हो । दुई वटा टेबुलमा विद्युत् जडान गरी डाइस जस्तो देखिने गोटीबाट जुवा खेलिरहेका बेला उनीहरू पक्राउ परेका थिए । यसरी खेलिने जुवालाई चिनियाँहरू माझोङ भन्छन् । यो खेलमा खेलाडीको कला, रणनीति र भाग्यले हारजित हुने विश्वास गरिन्छ ।

जुवाको खालबाट पक्राउ परे पनि अनुसन्धान गर्दै जाँदा उनीहरुको साथबाट एउटा बाघको छाला र २० वटा कस्तुरीको बिना पनि बरामद भएको हो । प्रहरीले पक्राउ परेका चिनियाँको साथबाट जुवा खेलाउन प्रयोग गरिएका ४ सय १० वटा गोटी, करिब ९ लाख रुपैयाँ नगद, विभिन्न बैंकका एटीएम र रकम लेनदेन गरिएका भौचर पनि बरामद गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर पक्राउ परेकाहरुलाई सार्वजनिक गरेका हुन् । उनीहरूविरुद्ध वन्यजन्तु तस्करी, गैरकानुनी जुवा, जडिबुटीको अवैध ओसारपोसारविरुद्धको कानुन अनुसार अनुसन्धान अघि बढाइएको एसपी सिंहले बताए ।

प्रकाशित : असार २२, २०७८ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×