कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माधव कमरेडले प्रधानमन्त्रीसँग भेट्न रुचि देखाउनुभएन : विष्णु पौडेल

काठमाडौँ — नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न अस्वीकार गरेको बताएका छन् ।

माधव कमरेडले प्रधानमन्त्रीसँग भेट्न रुचि देखाउनुभएन : विष्णु पौडेल

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र नेता पौडेलले आइतबार बिहान नेता नेपाललाई भेटेका थिए । भेटमा उनले प्रधानमन्त्रीसँग भेटेर समस्या समाधान खोज्न आग्रह गर्दा नेता नेपालले रुचि नदेखाएको नेता पौडेलले जानकारी दिए ।

राष्ट्रियसभाको बैठकपछि संघीय संसद् भवन नयाँ बानेश्वरमा नेता नेपालसँगका भेटबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा नेता पौडेलले आफूले समस्या समाधानका लागि दुई नेताबीच भेटघाट होस् भन्ने इच्छा व्यक्त गरेको र नेपालले रुचि नदेखाएको बताएका हुन् ।

उनले भने,'माधव कमरेडकोमा गएका थियौं । म, सुवासजी र शंकरजी भएर । उहाँसँग एकछिन कुराकानी भयो । हामीले के आग्रह गर्‍यौं भने, पार्टीलाई एकताबद्ध गरेर लिएर जाऔं । हाम्राबीचमा समाधान गर्न नसकिने त्यस्ता कठिन र जटिल समस्याहरु छैनन् । तपाईंहरु एक आपसमा बस्नुहोस् नेताहरु पनि । हामी पनि आपसमा विभिन्न साथीहरुसँग छलफलमा छौं । समाधान खोजेर अगाडि जाऔं । पार्टी अध्यक्ष र तपाईकोबीचमा मिटिङ होस् हामी त्यो चाहन्छौं । भनेर हामीले प्रस्ताव राख्यौं ।उहाँले खासगरीकन प्रधानमन्त्रीसँग भेट्नका लागि अरुचि प्रकट गर्नुभयो । भेट्ने कुरामा खासै रुचि राख्नुभएन । ठिकै छ छलफल गर्दे जाऔं भनेर हामी उठ्यौं ।'

प्रकाशित : असार २०, २०७८ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?