कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९

बीपी प्रतिष्ठानको बेथितिविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौँ — सुनसरीको धारनस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध शनिबार काठमाडौंमा प्रदर्शन गरिएको छ । 

बीपी प्रतिष्ठानको बेथितिविरुद्ध माइतीघरमा प्रदर्शन

नागरिक आन्दोलन समूहले शनिबार माइतीघर मण्डेलामा शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको चरम राजनीतिकरण अन्त्य गर्न भन्दै प्रदर्शन गरेको हो ।

बीपी प्रतिष्ठानमा उपकरण खरिद, पुरानो मेसिन, बेरुजु, ठेक्कालगायत अन्य विविध शीर्षकमा अनियमितता हुने गरेको भन्दै संघर्ष समिति गठन गरेर आन्दोलन भइरहेको छ ।


'ल्याएका थियौं गणतन्त्र बनायौं तिमीले लुटतन्त्र', 'फुटबलमा झेली गरे रेड कार्ड,राजनीतिमा झेलि गरे नियुक्ति', 'शिक्षा र स्वास्थ्यमा राजनीति बन्‍द गर' जस्ता नारासहितका प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका थिए ।


केही दिनअघि प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले आन्दोलरत समूहको माग सम्बोधन गर्ने भन्दै वार्ताका लागि बैठक डाकेका थिए । तर मापसे गरेर उपकुलपति गिरी उपस्थित भएपछि उनीसहित प्रतिष्ठानका पदाधिकारीहरुलाई कार्यकक्षमा थुनिएको थियो ।

तस्बिरहरु : सन्जोग मानन्धर/कान्तिपुर

प्रकाशित : असार १९, २०७८ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोखरा विमानस्थलको ऋण अनुदानमा परिणत गर्न सरकारले पत्राचार गरेको छ । अब चीनले के गर्ला ?

×