कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

मुद्दाको फैसला हुँदासम्म हस्ताक्षर फिर्ता नलिनेहरू एमालेका नेता हुन सक्दैनन् : ओली

काठमाडौँ — नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन मुद्दाको फैसला हुँदासम्म शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने भनेर गरेको हस्ताक्षर फिर्ता नगर्ने व्यक्ति एमाले नरहने बताए ।

मुद्दाको फैसला हुँदासम्म हस्ताक्षर फिर्ता नलिनेहरू एमालेका नेता हुन सक्दैनन् : ओली

शनिबार केन्द्रीय कमिटी बैठकलाई सम्बाेधन गर्दै ओलीले भने, 'मुद्दाको फैसला हुँदासम्म एमाले ढाल्ने, प्रतिपक्षी दलकाे नेताको सरकार बनाउनेहरू एमाले नेता रहन्नन् ।'

पार्टी एकताको लागि आफूहरू लचिलो भएको तर नेता नेपाल पक्ष त्यसअनुसार अगाडि नआएको ओलीको भनाइ थियाे ।

आज पनि नेता नेपालसँग फाेन वार्ता भएको उनले बताए । फाेन वार्तामा नेपालले केन्द्रीय कमिटी बैठक स्थगित गर्न र वार्ता कमिटीलाई छलफल गर्न दिन प्रस्ताव राखेको र आफूले सर्वाेच्चमा दिएको हस्ताक्षर फिर्ता लिन भनेको ओलीले भने ।

आफूहरूलाई अल्मल्याउनका लागि नेपाल पक्षले वार्ता भनेर दुई जनालाई लगाएकाे पनि ओलीले बताए । 'हामीलाई अल्मल्याउनका निम्ति वार्ता भनेर दुई जनालाई लगाउने अनि जिल्लाजिल्लासम्म पुतला जलाउने काम भयाे,' ओलीले भने ।

पार्टीलाई कमजाेर बनाउन र जनतामा निरासा छर्ने काम भएको ओलीको भनाइ थियाे ।

प्रकाशित : असार १९, २०७८ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?