कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निवर्तमान सांसदलाई एमालेको निर्देशन 

काठमाडौँ — नेकपा एमालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा प्रयोग भएको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन आफ्ना २३ सांसदलाई निर्देशन दिएको छ ।

दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निवर्तमान सांसदलाई एमालेको निर्देशन 

प्रधानमन्त्री निवास बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन् । उक्त हस्ताक्षर दुई दिन भित्र फिर्ता लिन बैठकले निर्देशन दिएको हो ।

बैठकमा झलनाथ खनाल-माधवकुमार नेपाल पक्ष भने सहभागी भएको छैन। उपाध्यक्ष वामदेव गौतम र पूर्वमाओवादीबाट एमाले प्रवेश गरेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साहलगायत पनि उपस्थित छन् ।

देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै खनाल नेपाल समूहका २३ सांसदसहित विपक्षी गठबन्धनका एक सय ४६ सांसदले सर्वोच्चमा रिट दर्ता गरेका छन् । उक्त रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

ओलीले पार्टी एकताका लागि खनाल नेपाल समूहका सांसदको हस्ताक्षर फिर्ताको अडान राख्दै आएका छन । तर, अर्को समूहले यसलाई अस्वीकार गरेको छ ।

प्रकाशित : असार १८, २०७८ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?