कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

हजारौं प्रयासका बाबजुद पार्टी एक हुन नदिने चलखेल भइरहेको छ : ओली

काठमाडौँ — प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले हजारौं प्रयासका बाजजुद पार्टीलाई एक हुन नदिने चलखेल भएको बताएका छन् ।

हजारौं प्रयासका बाबजुद पार्टी एक हुन नदिने चलखेल भइरहेको छ : ओली

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रा हजारौं प्रयासका बाजजुद पार्टीलाई एक हुन दिइएको छैन । वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार, आफ्नो सरकार ढालेर विपक्षी दलको सरकार बनाउन राष्ट्रपतिकहाँ गएको लाजमर्दो अवस्था छ ।’

एमाले सिद्धियो भनेर स्याल हुइयाँ गरिए पनि नेपालको राजनीति एमालेवरिपरि नै घुम्ने ओलीको दाबी छ । ‘एमाले सिद्धियो भन्ने । तर, राजनीति एमाले वरिपरि घुम्छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतका पछिल्ला फैसलाप्रति पनि असन्तुष्टि जनाएका छन् । ‘हिजो (देउवा प्रधानमन्त्री हुँदा) आचारसंहिता लागू भइसकेपछि मन्त्रिपरिषद् पुनर्गठन भएको नजिर छ । तर अहिले अग्राधिकार दिएर मन्त्रीहरू खाली गरियो,’ ओलीले भने, ‘दलका सदस्यलाई कारबाही गर्न पाइँदैन भनियो । के हुँदै छ, बुझ्नुपर्छ ।’

प्रकाशित : असार १८, २०७८ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?