कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

अमेरिकाद्वारा नेपाली सेनालाई विपद् व्यवस्थापनका सामग्री सहयोग

काठमाडौँ — अमेरिकाले नेपाली सेनालाई विपद् व्यवस्थापनमा प्रयोग हुने डुंगालगायत सामग्री सहयोग गरेको छ । नेपाली सेनाका अनुसार अमेरिकाले ‘आउट बोर्ड मोटर’ सहित चारवटा रेस्क्यु बोट (डुंगा) उपलब्ध गराएको हो । ती सामग्री सेनालाई अमेरिकाको रक्षा सहकार्यअन्तर्गत दिइएको हो । 

अमेरिकाद्वारा नेपाली सेनालाई विपद् व्यवस्थापनका सामग्री सहयोग

सेनालाई प्राप्त सामग्रीहरूको कुल लागत १० लाख डलर रहेको अमेरिकी राजदूतावासले जनाएको छ । अमेरिकी दूतावासअन्तर्गत रक्षा सहकार्य कार्यालयका प्रमुख मेजर माइकल ह्वाइटले उक्त सहयोग सामग्री नेपाली सेना विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी रामनाथ शर्मालाई हस्तान्तरण गरेका हुन् ।

सेनाका अनुसार अमेरिकी सहयोगका डुंगा बाढी–डुबानजस्ता विपद्मा उद्धार तथा राहत कार्यका लागि उपयोगी हुनेछन् ।


प्रकाशित : असार १७, २०७८ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?