कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

म्याग्दीमा जीप दुर्घटना : दुईको मृत्यु, ६ घाइते

घनश्याम खड्का

म्याग्दी — सदरमुकाम बेनीबाट यात्रुबाहक जीप दुर्घटना हुँदा २ यात्रुको घट्नास्थलमै मृत्यु भएको छ । अन्य ६ यात्रु घाइते भएका छन । 

म्याग्दीमा जीप दुर्घटना : दुईको मृत्यु, ६ घाइते

दुर्घटनामा परी बेनी नगरपालिका- ५ डडुवाकी १९ वर्षीया सविना भण्डारी र मंगला गाउँपालिका-१ का १३ वर्षीय बिमल विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको बेनी अस्पतालमा उपचार भइरहेको छ । बेनी अस्पतालका अनुसार दुर्घटनामा परी घाइते हुनेमा मंगला गापा-१ पूर्णगाउँका सुदन आचार्य (२५), एन्जिला भण्डारी (२६), अनिल रसाईली (१९), अदिना नेपाली (८), गिता खत्री (३५) र अस्मिता राम्जाली(३६) रहेका छन् ।

प्रहरीका अनुसार बेनीबाट मंगला गाउँपालिका-१ पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जीप बुधबार राति करिब ८:२० बजे मंगला गाउँपालिकाको-२ नेवारेखोलामा दुर्घटना भएको हो । घट्नास्थलमा भर्खरै प्रहरी पुगेको छ ।


प्रकाशित : असार १६, २०७८ २२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?