कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुदूरपश्‍चिम प्रदेश सभामा मन्त्री खड्काको ब्रिफिङ- ‘प्रदेशले खोप किन्‍न पाइन्‍न भन्यो’

अर्जुन शाह

धनगढी — सुदूरपश्चिमका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले कोरोना विरुद्धको खोप किन्ने प्रदेश सरकारको योजनालाई संघ सरकारले कार्यान्वयन गर्न नमिल्ने बताएको जानकारी गराएका छन् ।

सुदूरपश्‍चिम प्रदेश सभामा मन्त्री खड्काको ब्रिफिङ- ‘प्रदेशले खोप किन्‍न पाइन्‍न भन्यो’

‘संघ सरकारबाहेक अन्य सरकारहरले प्रत्यक्ष खोप किन्न सक्ने प्रावधान रहेन छ,’आइतबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री खड्काले भने, ‘संघ सरकारका स्वास्थ्यमन्त्री र सातै प्रदेशका सामाजिक विकासमन्त्रीहरुको जुम बैठकमा स्वास्थ्यमन्त्रीले संघ सरकार आफै खोप किन्ने प्रक्रियामा रहेको जानकारी गराउनुभयो ।’

संघ सरकारका मन्त्रीले असोजभित्र ४० प्रतिशत नागरिकलाई खोप उपलब्ध गराइसक्ने बताएको मन्त्री खड्काले प्रदेश सभामा जानकारी गराए । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा कोरोना महामारीविरुद्धको खोप खरिदलगायतका कार्यका लागि ९० करोड विनियोजन गरेको बताए ।

सुदूरपश्चिम प्रदेशसभा बोल्दै सामाजिक विकासमन्त्री लालबहादुर खड्का ।


प्रकाशित : असार १३, २०७८ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?