२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

प्रतिनिधिसभा विघटन मुद्दा : रिट निवेदकका कानुन व्यवसायीको बहस सकियो

विपक्षीले सोमबारबाट बहस गर्ने

काठमाडौँ — प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन दिएका १ सय ४६ सांसदका तर्फबाट सुरुवाती सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबार रिट निवेदक सांसदका कानुन व्यवसायीको बहस सकिएको हो । 

प्रतिनिधिसभा विघटन मुद्दा : रिट निवेदकका कानुन व्यवसायीको बहस सकियो

'रिट निवेदकलाई हामीले १२ घण्टा समय दिएका थियौं त्यो समय सकिएको छ,' प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले भने ।

विपक्षी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुख अग्निप्रसाद सापकोटा लगायतको बहस सोमबारबाट सुरु हुने प्रधानन्यायाधीश जबराले इजलासमा जानकारी दिए ।

विपक्षीका लागि १५ घण्टा समय छुट्याइएको छ ।

त्यसपछि एमिकस क्युरीले आफ्नो राय दिनेछ । एमीकस क्युरीले राय दिएपछि ३ घण्टा रिट निवेदकका कानुन व्यवसायीले प्रत्युत्तर बहस गर्नेछ ।

प्रकाशित : असार १३, २०७८ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?