२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

प्रतिनिधिसभा विघटन मुद्दा : निवेदकका कानुन व्यवसायीको बहस आज सकिने

काठमाडौँ — प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा रिट निवेदकतर्फका कानुन व्यवसायीको समय आइतबार सकिँदैछ । २ घण्टा ३५ मिनेट बहस गरिसकेपछि रिट निवेदक शेरबहादुर देउवालगायत १ सय ४६ सांसदका कानुन व्यवसायीको बहस सकिनेछ । 

प्रतिनिधिसभा विघटन मुद्दा : निवेदकका कानुन व्यवसायीको बहस आज सकिने

संवैधानिक इजलासमा जारी सुनुवाइमा अहिले वरिष्ठ अधिवक्ता सविता राजभण्डारीको बहस सुरु भएको छ ।

रिट निवेदकका कानुन व्यवसायीलाई सुरुवाती बहसका लागि १२ घण्टा छुट्याइएको थियो । ३ घण्टा रिट निवेदकका कानुन व्यवसायीलाई प्रत्युत्तर बहसका लागि छुट्याइएको छ ।

आइतबार निवेदकका कानुन व्यवसायीको बहस सकिएपछि विपक्षी प्रधानमन्त्री, राष्ट्रपति कार्यालय र सभामुख लगायतका कानुन व्यवसयीको बहस सुरु हुनेछ ।

प्रकाशित : असार १३, २०७८ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?