इटालीद्वारा स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ — इटालीले शुक्रबार नेपाललाई २० वटा भेन्टिलेटर, ६,००० आइसोलेसन गाउन र १०,००० प्रोटेक्टिभ कवरल्स् सहयोग गरेको हो ।

इटालीद्वारा स्वास्थ्य सामग्री सहयोग

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इटालीका लागि मानार्थ कन्सुल प्रतिमा पाण्डे र नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई उक्त सामग्री हस्तान्तरण गरे । उक्त अवसरमा टिम युरोपको तर्फबाट जर्मनी र फ्रान्सका राजदूतहरू पनि उपस्थित थिए ।

योसँगै इटाली नेपाललाई स्वास्थ्य सहायता गर्ने युरोपेली युनियनको १२ सदस्य राष्ट्र भएको छ ।

यसअघि युरोपेली युनियनका स्पेन, फिनल्यान्ड, फ्रान्स्, बेल्जियम, जर्मनी, स्लोभेनिया, अष्ट्रिया, माल्टा, डेनमार्क र आयरल्यान्डले सहयोग गरिसकेका छन् भने लिथुवेनिया र जर्मनीबाट अरु थप सहयोग आउने अपेक्षा गरिएको नेपालस्थित युरोपेली युनियनको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : असार ११, २०७८ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?