कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मस्तिष्कघातपछि कवि वैरागी काइँला अस्पताल भर्ना

काठमाडौँ — आयामेली कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला (तिलविक्रम नेम्बाङ) लाई बिहीबार राति मस्तिष्कघात भएपछि ओम अस्पताल भर्ना गरिएको छ ।

मस्तिष्कघातपछि कवि वैरागी काइँला अस्पताल भर्ना

काइँलाकी छोरी नामोती नेम्बाङका अनुसार सुकेधारास्थित घरमा बसिरहेकै बेला बिहीबार राति एक्कासि बेहोस भएपछि उनलाई ओम अस्पताल लगिएको हो । ८२ वर्षीय काइँला कोरोना महामारीका कारण एक वर्षयता घरमै बसेर आफ्नो प्रकाशोन्मुख अंग्रेजी अनूदित संग्रहमाथि काम गरिरहेका थिए ।

‘बुबाको देब्रे हात चल्न सकेको छैन, बोलीमा केही समस्या देखिन्छ,’ अस्पतालमा रहेकी छोरी नामोतीले कान्तिपुरसँग फोनमा भनिन्, ‘नसासम्बन्धी चिकित्सकको अब्जरभेसन चलिरहेको छ, स्थिति अलिक जटिल देखिन्छ ।’ चिकित्सकले यसलाई मस्तिष्कसम्बन्धी ‘इसिमिक स्ट्रोक’ भनेका छन् ।

प्रकाशित : असार ११, २०७८ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?