कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओलीको निरंकुशताले लोकतन्त्रवादी र वामपन्थीलाई एकै ठाउँमा ल्याइपुर्‍याएकाले आन्दोलन सफल हुन्छ : दाहाल

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संविधान रक्षा गर्दै समयानुकूल परिमार्जन गर्ने उद्देश्यको जगमा पाँच दलीय गठबन्धन सम्भव भएको बताएका छन् । .

ओलीको निरंकुशताले लोकतन्त्रवादी र वामपन्थीलाई एकै ठाउँमा ल्याइपुर्‍याएकाले आन्दोलन सफल हुन्छ : दाहाल

विपक्षी गठबन्धनको बिहीबार सम्पादकहरुसँगको छलफलमा बोल्दै अध्यक्ष दाहालले विपक्षी दलहरुबीचको गठबन्धन सैद्धान्तिक, व्यवहारिक, राजनीतिक र राष्ट्रिय भावनाको आधारलाई समेटेर बनाइएकोले लामो समयसम्म सँगसँगै जानसक्ने बताए ।

अहिलेको संघर्ष प्रधानमन्त्री कसलाई बनाउने भन्ने नभई राष्ट्रको हितको पक्षमा उभिने र नउभिनेबीचको रहेको उनले बताए । उनले ०४६ साल र २०६२/०६३ सालमा लोकतन्त्रवादी र वामपन्थीको मिलेमतोमा आन्दोलन सफल भएको उल्लेख गर्दै अहिले पनि केपी ओलीको निरंकुशताले लोकतन्त्रवादी र वामपन्थीलाई एकै ठाउँमा ल्याइपुर्‍याएकाले आन्दोलन सफल हुने बताए । उनले भने–‘सैद्धान्तिक, व्यवहारिक, राजनीतिक र राष्ट्रिय भावनाको आधारलाई पनि समेटेर जानुपर्छ भन्ने निष्कर्षसहित गठबन्धन अगाडि गएको छ । यो गठबन्धन कुनै अवसरवादी गठबन्धन होइन । प्रधानमन्त्रीको निम्ति भएको संघर्ष पनि होइन । यो संविधान, लोकतन्त्र र राष्ट्रको हितको पक्षमा उभिने र नउभिने बीचको लडाइँ हो । सिस्टम बचाउने वा नबचाउने भन्ने बीचको लडाइँ हो ।’

अध्यक्ष दाहालले सर्वोच्च अदालतमा आफूहरुको कुनै सेटिङ नभएको प्रट्याए । मन्त्री नियुक्ति बदर गर्ने सर्वोच्चको फैसलाअघि आफूले बोलेको कुरालाई सेटिङ भन्दै टिप्पणी गरिएको भन्दै उनले आफूहरु सेटिङ गरेर शासन गर्नेवाला नभएको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले न्यायाधीश र राज्यका अन्य निकायलाई प्रभावमा राख्ने प्रयास गरेको उनले आरोप लगाए । राष्ट्रपतिले आफ्नो मान, सम्मान गुमाएको पनि उनको भनाइ छ ।

प्रकाशित : असार १०, २०७८ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?