कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुरकर्मी जीवन मगरको निधन

काठमाडौँ — कान्तिपुर दैनिकमा कार्यरत जीवन मगर (जैतुन रिखाम मगर) को ६३ वर्षको उमेरमा निधन भएको छ । बिहीबार घरको शौचालयमा लडेर घाइते भएका उनको वीर अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको हो ।

कान्तिपुरकर्मी जीवन मगरको निधन

उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मस्तिष्कमा गम्भीर चोट लागेको थियो ।

झापा, गरामनीका उनी कान्तिपुर दैनिकमा स्थापनाकालदेखि नै कार्यरत थिए । पहिले राजनीतिमा समेत संलग्न रहेका उनी झापा आन्दोलनका क्रममा २०२९ सालमा पक्राउ परेका थिए । त्यति बेला १६ वर्षभन्दा कम उमेरका भएकाले १० वर्षको जेल सजाय तोकिएको थियो । नक्खु जेलबाट सुरुङ खनेर सीपी मैनालीसहित निस्कने १५ जनामा उनी पनि थिए ।

झापा आन्दोलनका प्रथम सचिव राधाकृष्ण मैनालीले मगरलाई विद्यार्थीकालमै क्रियाशील राजनीतिक आन्दोलनमा लागेका व्यक्तिका रूपमा सम्झिएका छन् ।

‘बहुदल आएपछि उहाँ पत्रकारितामा लाग्नुभयो, राजनीतिमा सक्रियता देखाउनुभएन,’ उनले भने, ‘सामान्य परिवारमा हुर्किनुभएका उहाँमा महत्त्वाकांक्षा थिएन ।’ मगरका श्रीमती र दुई छोरी छन् ।

कान्तिपुरका पूर्व सम्पादक एवं स्थापनाकालदेखि मगरका सहकर्मी हरिबहादुर थापा मगरलाई उहाँ राजनीतिक मान्छे भएको तर लामो समय जेल बसेको व्यक्ति भएपनि अरुले त्यागको ब्याजसमेत लिँदा उनले केही नपाएको बताउँछन् ।

'कान्तिपुर प्रकाशन सुरु भएसँगै उहाँ आबद्ध हुनुभएको हो । लामो समयसम्म कान्तिपुरको फिचर र विचार, लेखको सम्पादन गर्नुभयो । विचार सम्पादनमा उहाँले इमानदारीपूर्वक काम गर्नुभएको हो,' थापाले भने ।

झापा आन्दोलनको एक सक्रिय कार्यकर्ता मगर सीपी मैनाली, राधाकृष्ण मैनाली लगायतसँगै जेल परेको तर पछि मालेसँगै रहन नसकेको थापा बताउँछन् । 'प्रतिस्पर्धीहरूले उहाँलाई उछिने पनि उहाँ राजनीतिप्रति असन्तुष्ट हुनुहुन्थ्यो । उहाँको सम्बन्ध थियो । कतै नियुक्ति पाइन्छ कि भन्ने पनि आश थियो । तर, कहिल्यै पनि पाउनुभएन । एमालेले सत्तामा हुँदाखेरि पनि उहाँले केही पाउनु भएन,' थापाले भने ।

झापा आन्दोलनको प्रारम्भिक चरण २०२८ सालतिर देखि नै अहिलेका प्रधानमन्त्री केपी ओलीसँगसँगै मगर राजनीतिमा सक्रिय रहेको पनि थापाले बताए ।

'पछिल्लो समय उहाँ संस्मरण पनि लेख्दै हुनुहुन्थ्यो । देखाउनु पनि भएको थियो । राजनीतिक आबद्धताको बारेमा उहाँले संस्मरणमा लेख्नु भएको छ । झापा आन्दोलन र त्यो आन्दोलनमा रहेका नेताहरू को कस्ता थिए भन्ने उहाँको संस्मरणको पहिलो पृष्ठमा थियो,' थापाले भने, 'आफ्नो त्यत्रो राजनीतिक इतिहास भए पनि उहाँ साह्रै सरल र साधारण व्यक्ति हुनुहुन्थ्यो ।'

मगरका श्रीमती र दुई छोरी छन् ।

प्रकाशित : असार ७, २०७८ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?