कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

६ प्रदेशका आन्तरिक मामिलामन्त्री काठमाडौंमा

काठमाडौँ — संघीय सरकारले शान्तिसुरक्षा, मनसुनजन्य विपद् व्यवस्थापन र कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्न प्रदेश सरकारहरूलाई आग्रह गरेको छ ।

गृहमन्त्री खगराज अधिकारीले गण्डकीबाहेकका ६ वटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरूलाई काठमाडौं बोलाएर सहकार्य, समन्वय र सामूहिक पहलबाट चुनौतीको सामना गर्न आग्रह गरेका हुन् । प्रदेश सरकारलाई सबै किसिमको सहयोग रहने आश्वासन पनि उनले दिएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरू छलफलमा सहभागी थिए । ‘प्रदेशका मन्त्रीहरूबाट केन्द्रले गर्ने सहयोगसम्बन्धी सुझाव आएका छन्,’ उनले भने । छलफलमा गृहसचिव महेश्वर न्यौपाने, प्रहरी र सशस्त्र प्रहरी प्रमुखलगायत उच्च सुरक्षा अधिकारीहरूको पनि उपस्थिति थियो ।

प्रदेशका मन्त्रीहरू प्रदेश १ का हिक्मत कार्की, प्रदेश २ का ज्ञानेन्द्र यादव, वाग्मती प्रदेशका केशवराज पाण्डे, लुम्बिनीका चेतनारायण आचार्य, कर्णालीकी सीताकुमारी नेपाली, सुदूरपश्चिमकी पूर्णा जोशी सहभागी थिए ।

प्रकाशित : असार ७, २०७८ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?