२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ — सर्वोच्च अदालतले अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारहरूलाई प्राथमिकता दिएर कोरोना भाइरस (कोभिड- १९)विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन आइतबार सरकारका नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । 

पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्न सर्वोच्चको अन्तरिम आदेश

अधिवक्ता लिलानाथ घिमिरेले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासले समाचार संकलनका क्रममा जनसम्पर्कमा जानुपर्ने भएकाले पत्रकारलाई कोरोना संक्रमण विरुद्धको खोपको व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

'पत्रकारहरूको पेशागत प्रकृति र परिस्थिति जनसमुदाय वा समूहमा पुग्नपर्ने वा जनसम्पर्कमा हुनुपर्ने भएकोले पत्रकारको कार्य प्रकृतिको विशेष परिस्थितिलाई समेत मध्यनजर गरी अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारहरूलाई प्राथमिकता प्रदान गरी कोभिड विरुद्धको खोप लगाउने आवश्यक व्यवस्था मिलाउनू,' सर्वोच्च अदालतले जारी गरेको आदेशमा लेखिएको छ ।

प्रकाशित : असार ६, २०७८ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x