कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वसांसद कृष्णसिंह परियारको निधन

रूपा गहतराज

नेपालगन्ज — पूर्वसांसद कृष्णसिंह परियारको ६८ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।

पूर्वसांसद कृष्णसिंह परियारको निधन

मधुमेह, उच्च रक्तचापको समस्याले ग्रसित नेता परियारको शुक्रबार बिहान ७ बजे नेपालगन्ज–१२ कोरियनपुरस्थित आफ्नै निवासमा निधन भएको हो ।

नेपाली कांग्रेसका नेता परियार वि.सं. २०४८ को संसदीय निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । त्यसपछि उनी राज्यव्यवस्था समितिको सभापतिसमेत भएका थिए ।

उनी पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निकट रहेर प्रजातान्त्रिक आन्दोलनमा होमिएका थिए । बिपीको प्रजातान्त्रिक समाजवादप्रति प्रतिवद्ध नेता परियार पञ्चायती व्यवस्थाको विरुद्धमा संघर्ष गर्दा जेल समेत परेका थिए ।

प्रकाशित : असार ४, २०७८ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?