कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपत्यकामा निषेधाज्ञा एक साता थप, तरकारी तथा खाद्य पसल बिहान ११ बजेसम्म खोल्न पाइने

काठमाडौँ — उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञाको अवधी थप गरिएको छ । यसअघि जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई असारको ७ गतेसम्म बढाउने निर्णय उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले गरेको हो ।

उपत्यकामा निषेधाज्ञा एक साता थप, तरकारी तथा खाद्य पसल बिहान ११ बजेसम्म खोल्न पाइने

आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंको वेबसाइटमा राखिएको सूचना अनुसार निषेधाज्ञा कायमै भएपनि केही प्रावधानलाई भने खुकुलो बनाइएको छ ।

यसअघि ९ बजेसम्ममात्रै खुल्ने तरकारी तथा खाद्यान्न पसल अब बिहान ११ बजेसम्म खुल्नेछन् भने अनलाइन डोम डेलिभरी सेवा पनि सञ्चालन गर्न पाइने छ । यस्तै प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ । पुस्तक पसलहरु पनि बिहान ११ बजेसम्म मात्रै खोल्न पाइनेछन् । यसका साथै अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्न दिने निर्णय भएको छ ।

यस्तै राति ९ बजेदेखि बिहान ५ बजेसम्म निर्माण सामाग्री ढुवानी समेत गर्न पाइने भएको छ । यस्तै सहकारी र रेमिट हप्तामा दुई दिन खोल्न दिइने भएको छ ।

तर सभा सम्मेलन, व्यवसाय तथा नित्य पूजा, शैक्षिक संस्थाहरु, सार्वजनिक सवारी साधन सञ्‍चालनमा रोक लगाउने निर्णय यथावत् राखिएको छ ।

प्रकाशित : जेष्ठ ३०, २०७८ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?