कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घण्टामा ६ हजार २९५ जना कोरोना संक्रमणमुक्त, २ हजार ३८२ संक्रमित थपिए 

काठमाडौँ — २४ घण्टामा शनिबार ६ हजार २९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख २७ हजार १११ पुगेको छ ।

२४ घण्टामा ६ हजार २९५ जना कोरोना संक्रमणमुक्त, २ हजार ३८२ संक्रमित थपिए 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरिएको ८ हजार ५०६ पीसीआर परीक्षणमा २ हजार ३८२ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी, ५ हजार ९८८ एन्टिजेन परीक्षणमा १ हजार २ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल ३ हजार ३८४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणबाट कोरोना देखिनेको संख्या ६ लाख ६ हजार ७७८ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ६१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ३६६ पुगेको छ ।

हालसम्म ३२ लाख ७ हजार २०८ पीसीआर परीक्षण गरिएको छ । सक्रिय संक्रमितको संख्या ७१ हजार ३०१ र क्वारेन्टाइनमा ५५२ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित : जेष्ठ २९, २०७८ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?