कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौं महानगरको खोप कार्यक्रम स्थगित

काठमाडौँ — काठमाडौं महानगर पालिकाले सञ्चालन गरेको खोप कार्यक्रम स्थगित हुने भएको छ । गएको मंगलबारदेखि महानगरको ३२ वटै वडामा सञ्चालन हुँदै आएको खोप कार्यक्रम सरकारले खोप उपलब्ध नगराउने भएपछि स्थगित हुन पुगेको हो ।

काठमाडौं महानगरको खोप कार्यक्रम स्थगित

काठमाडौं महानगर शहरी जनस्वास्थ्य प्रमुख हरि कुँवरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप महाशाखाले काठमाडौं महानगरलाई थप खोप उपलब्ध गराउन नसक्ने भनेपछि जारी कार्यक्रम बाध्य भएर रोक्नु परेको बताए ।

नेपाल सरकारलाई गएको हप्ता मित्रराष्ट्र चीनले १० लाख डोज खोप सहयोग स्वरूप उपलब्ध गराएको थियो । यसरी प्राप्त भएको खोपलाई सरकारले देशैभरी ६० वर्षभन्दा माथि ६५ वर्ष सम्म उमेर समूहका व्यक्तिलाई लगाउने कार्यक्रम बनाएको थियो ।

'सरकारले ६५ हजार डोज खोप उपलब्ध गराउछु भनेपछि खोप लगाउने कार्यक्रम सुरु गरेका थियौं अहिले २८ हजारलाई लगाइसके पछि रोक्नु परेको छ,' जनस्वास्थ्य प्रमुख कुँवरले भने,'अब बाँकीलाई कसरी खोप लगाउने कुनै निश्चित भएको छैन ।'

कार्यक्रम अनुसार काठमाडौं महानगरले गएको मंगलबारदेखि पाँच दिनसम्म उमेर समूह अनुसार दिन तोकी खोप कार्यक्रमको तालिका नै सार्वजनिक गरेको थियो ।

प्रकाशित : जेष्ठ २७, २०७८ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?