कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यस्तो छ वाग्मती प्रदेशको नीति तथा कार्यक्रम [पूर्णपाठ]

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०८९ को वार्षिक नीति तथा कार्यक्रम सदनमा पेस गरेको छ ।

यस्तो छ वाग्मती प्रदेशको नीति तथा कार्यक्रम [पूर्णपाठ]

प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेशसभाको बिहीबारको बैठकमा कोभिड–१९ को संक्रमण नियन्त्रण, रोकथाम र उपचार गरी नागरिकहरुको जीवनलाई सहज बनाउँदै अर्थतन्त्रलाई पुनत्थान गर्ने योजनासहितको नीति, कार्यक्रम पेस गरेका हुन् ।

कोभिड–१९ विरूद्धको खोपमा प्रदेशवासीको पहुँच पुर्‍याउन आवश्यकताअनुसार ‘प्रदेश प्रमुख कोभिड–१९ खोप कोष’ स्थापना गरी नेपाल सरकारसँगको समन्वय र सहकार्यमा प्रदेशका सबै बासिन्दाहरूलाई अनिवार्य रूपमा खोपको व्यवस्था गरिने प्रदेश प्रमुखले जनाएको छ ।

कोभिडका कारण प्रदेशको अर्थतन्त्र र समग्र विकासमा परेको असरलाई न्यूनीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरूको सहकार्यमा प्रदेश सरकारबाट सञ्चालित ‘उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ऋण लगानी कार्यक्रम’ लाई निरन्तरता दिइने बताइएको छ ।

प्रदेशका सबै कानुनहरू समेटिएको विद्युतीय पोर्टल सञ्चालिनमा ल्याइने, प्रदेशस्तरीय आयोजना बैंक व्यवस्थापन प्रणालीको सुरुआत गरी आयोजनालाई व्यवस्थित गरिने तथा प्रदेश सरकारको प्राथमिकता प्राप्त आयोजना तथा कार्यक्रम र बहुवर्षीय, अधुरा र क्रमागत आयोजनाहरूलाई बजेट विनियोजन सुनिश्चित गरेपछि अन्य आयोजना तथा कार्यक्रममा बजेट विनियोजन गर्ने व्यवस्था मिलाइएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

पूर्णपाठ

प्रकाशित : जेष्ठ २७, २०७८ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?