कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दहीजस्तै जमेको प्रदेशमा अहिले ज्वालामुखी निस्किए : मुख्यमन्त्री गुरुङ

प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले दहीजस्तै जमेर बसेको प्रदेशमा अहिले ज्वालामुखी निस्किएको दाबी गरेका छन् । 

दहीजस्तै जमेको प्रदेशमा अहिले ज्वालामुखी निस्किए : मुख्यमन्त्री गुरुङ

बिहीबार प्रदेशसभा बैठकमा दलका नेताका सवालको जवाफ दिँदै मुख्यमन्त्री गुरुङले प्रदेशमा धेरै नमुना काम गरेको बताएका हुन् । उनले भने, 'हेर्दा साना छन् तर, काम महत्त्वपूर्ण छन् । नीति कानुन, नियम र नियमावली बनाएर सरकारले धेरै काम गरेको छ ।'

प्रदेशले ल्याएको कानुन संघले पछ्याएको बताउँदै मुख्यमन्त्री गुरुङले एक निर्वाचन क्षेत्र एक सडक योजना प्रदेशले सुरूमा योजना सार्वजनिक गरेको उल्लेख गरे ।

उनले केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विषयलाई प्रदेशमा ईस्यु बनाएकोमा दुखेसो गरे । उनले विगतका राजनीति घटनाक्रमबाट कहिल्यै पनि मुक्ति नमिलेको बताउँदै पछिल्लो समय पार्टी विभाजित बन्दै गएपछि समस्या उत्पन्न भएको उनको भनाइ थियो ।

सरकारलाई प्रतिगमन भन्ने विपक्षी यस्तो अवस्थामा सरकारविरूद्व लाग्दा कसरी अग्रगमन बन्न सक्छ भन्दै उनले पार्टी गुटगुटमा खण्डित हुँदा लोकतन्त्रमाथि नै खतरा बढेको बताए ।

संघीयतासँगै पछिल्लो समय ठूला उपलब्धि हाँसिल गरेको भन्दै मुख्यमन्त्री गुरुङले नेताको भाकल पूरा गर्न कार्यकर्ता बली चढाइएको बताए । संघीयताको विषयमा प्रदेश बलियो बनाउन आफूले महत्त्वपूर्ण भूमिका खेलेको समेत उनले बताए । विपक्षीलाई इंगित गर्दै मुख्यमन्त्री गुरुङले कुर्सी कसैको पनि स्थायी नरहेको भन्दै आवेगमा भन्दा पनि व्यवस्थामा चल्न सांसदलाई अनुरोध गरे । गुरूङले सांसदका प्रश्नको जवाफ दिएसँगै विश्वासको मतको प्रस्तावमाथि मतदान हुँदैछ ।

प्रकाशित : जेष्ठ २७, २०७८ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?