कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘निषेधाज्ञा खुलेपछि भिसा आवेदन सेवा सञ्चालन गर्छौं’– अमेरिकी राजदूतावास

काठमाडौँ — सन् २०२१ को अमेरिकी सरकारको डीभी (डाइभर्सिटी भिसा) कार्यक्रममा समेटिएका नेपाली र अमेरिकामा उच्च शिक्षा हासिल गर्न जान लागेका विद्यार्थीहरुले काठमाडौंस्थित नेपाली राजदूतावासलाई भिसा आवेदन सेवा सञ्चालनको लागि आग्रह गरेका छन् ।

‘निषेधाज्ञा खुलेपछि भिसा आवेदन सेवा सञ्चालन गर्छौं’– अमेरिकी राजदूतावास

उनीहरुले सामाजिक सञ्जालमार्फत अमेरिकी राजदूतावासलाई छिटोभन्दा छिटो भिसा आवेदन सेवा सञ्चालन गर्न आग्रह गरेका हुन् ।

अमेरिकी राजदूतावासकी प्रवक्ता आना रिची एलेनले भिसा आवेदनको लागि पर्न गएको समस्याको बारेमा राजदूतावास जानकार रहेको कान्तिपुरलाई बताइन् । ‘तर महामारीका कारण नेपाल सरकारले निषेधाज्ञा गरेको बेलामा हामीले राजदूतावास खोल्न मिल्दैन,’ उनले भनिन्,‘हामी निषेधाज्ञा खोल्ने बित्तिकै भिसा आवेदन सेवालाई सञ्चालन गर्नेछौं ।’

अमेरिकाले हरेक वर्ष नेपालसहित विभिन्न मुलुकहरुबाट करिब ५५ हजार डाइभर्सिटी इमिग्रान्ट भिसा कार्यक्रममार्फत् लैजाने गरेको छ । जसले अमेरिका छिर्ने बित्तिकै सिधै त्यहाँको ग्रिन–कार्ड पाउने गर्छन् ।

सन् २०२१ मा डीभी परेका नेपालीहरु यही वर्षको सेप्टेम्बर ३० भित्रमा भिसा लिइसक्नु पर्ने हुन्छ । तोकिएको अवधि भित्रमा डीभी परेकाहरुले भिसा नलिएमा स्वत रुपमा उक्त डीभी खारेज नै हुन्छ । र, अहिले डीभी परेकाहरुले पनि फेरि नयाँ प्रक्रिया अनुसारै अघि बढ्नु पर्ने हुन्छ ।

प्रकाशित : जेष्ठ २७, २०७८ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?