कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश २ मन्त्रिपरिषद् हेरफेर, कांग्रेसबाट तीन मन्त्रीले लिए शपथ

सन्तोष सिंह

जनकपुरधाम — मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद्को विस्तार गरेका छन् ।  बुधबार साँझ नेपाली कांग्रेसबाट तीन जनालाई मुख्यमन्त्री राउतले मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख राजेश झाले बुधबार राति शपथ ग्रहण गराएका छन् । 

प्रदेश २ मन्त्रिपरिषद् हेरफेर, कांग्रेसबाट तीन मन्त्रीले लिए शपथ

नवनियुक्त मन्त्रीहरुमा रामसरोज यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, ओमप्रकाश शर्मा खानेपानी तथा उर्जा विकास मन्त्रालय र वीरेन्द्रप्रसाद सिंह महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय रहेको छ ।

जनता समाजवादी पार्टीका उपेन्द्र यादव समूहले सरकारबाट ठाकुर–महतो समूहका चारमन्त्री पदमुक्त गरेपछि मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद्‌मा बुधबार साँझ कांग्रेस सांसदहरुलाई सहभागी गराएका हुन् ।

प्रकाशित : जेष्ठ २६, २०७८ २२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?