कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

विमानस्थलमा मेडिकल रिपोर्टका कागजात जाँच गराउनेको लाइन

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भित्रनेहरूको मेडिकल रिपोर्ट सहितका कागजात जाँच हुन थालेको छ । मंगलबार कतारबाट आएकाहरु लाइनमा बसेर जाँचमा लामबद्ध थिए ।

विमानस्थलमा मेडिकल रिपोर्टका कागजात जाँच गराउनेको लाइन

मन्त्रिपरिषद्को बिहीबारको निर्णयले वैशाख २३ देखि स्थगन गरिएको अन्तर्राष्ट्रिय उडान (भारतबाहेक तेस्रो मुलुकका लागि रोकिएको) खुलाउने निर्णय गरेको थियो । सामान्य अवस्थामा नेपालमा २७ वटा विदेशी र तीनवटा नेपाली गरी ३० वटा वायुसेवाले अन्तर्राष्ट्रिय उडान गर्थे ।

सातामा ५ दिन आउने र जाने गरी दिनमा दुईका दरले १० अन्तर्राष्ट्रिय उडान भइरहेका छन् । नागरिक उड्डयन प्राधिकरणले मंगलबार सूचना जारी गर्दै अन्तर्राष्ट्रिय उडानतर्फ ५ वटा वायुसेवा कम्पनीलाई सातामा १० वटा नियमित उडान खुला गरिदिएको छ ।

प्राधिकरणको नयाँ तालिका अनुसार, युरोप, अमेरिकाका यात्रुले अब हरेक बिहीबार टर्किस एयरलायन्सको उडानबाट ओहोरदोहार गर्न सक्ने छन् ।

त्यस्तै, दिल्ली–काठमाडौं बुधबार र शुक्रबार उडानलाई निरन्तरता दिइएको छ । जुन यसअघि निषेधाज्ञामा पनि जारी नै थियो । त्यस्तै, दोहा हुँदै मध्यपूर्वी मुलुक लगायत अन्य मुलुकहरुमा जान सोमबार बिहान कतारले र राति नेपाल वायुसेवा निगमले काठमाडौंबाट उडान गर्नेछन् । सोमबार राति नेपालबाट दोहा जाने निगमको विमान मंगलबार मात्रै काठमाडौं फर्किने छ ।

प्रकाशित : जेष्ठ २५, २०७८ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?