२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

मन्त्रिपरिषद् विस्तारविरुद्धका मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ — मन्त्रिपरिषद् विस्तारविरुद्धका मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेन दिन अस्वीकार गरेको छ ।अधिवक्ता राजकुमार सुवालले मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश इश्वरप्रसाद खतिवडाको इजलासले सरकारसँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

मन्त्रिपरिषद् विस्तारविरुद्धका मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्चले मन्त्रिपरिषद् पुनर्गठनको गर्नुको कारण समेत माग गरेको छ । दुवै पक्षलाई असार ८ गते गते छलफलका लागि बोलाउँदै सोर्वोच्चले सोहीदिन मुद्दाको पेसी तोेकेको छ ।

कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार र पुनर्गठन गर्नु असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट दर्ता भएको थियो ।

कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने भन्दै यो विस्तारमा मन्त्री भएकालाई काम गर्न नदिनू र आगामी दिनमा पनि मन्त्रिपरिषद् विस्तार नगर्नू भनेर अन्तरिम आदेश माग गरिएको थियो ।

प्रकाशित : जेष्ठ २५, २०७८ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?