कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कलाकार एकाराम सिंको निधन

काठमाडौँ — कलाकार तथा संस्कृतिविज्ञ एकाराम सिंको निधन भएको छ । कोरोना संक्रमण भएपछि कपनस्थित करूणा अस्पतालको आइसियूमा उपचाररत ५३ वर्षीय सिंको सोमबार निधन भएको हो । उनी गत वैशाख ३१ गतेदेखि अस्पतालमा उपचाररत थिए ।

कलाकार एकाराम सिंको निधन

बालवाङ्मय तथा अनुसन्धान केन्द्रले शोक विज्ञप्ति मार्फत 'सिंको असामयिक र दुःखद् निधनबाट नेपाली कला, संस्कृति र बालसाहित्य तीनै क्षेत्रमा ठूलो क्षति पुगेको' जनाएको छ ।

२०२५ सालमा जन्मिएका एकाराम सिं बाल साहित्य चित्रांकनमा सुपरिचित नाम हो । सैयौं पुस्तकमा चित्रांकनका साथै सांस्कृतिक लेखन समेत गर्दै आएका सिंका तीन बाल साहित्य कृति प्रकाशित छन् । पछिल्लोपटक 'मूर्ति बनायो, हात गुमायो' चित्रकथा प्रकाशित भएको थियो ।

सिं नेपाली इतिहास बोकेका चित्रहरूको अध्ययन, निर्माण, जर्गेना तथा सूचना दिने काममा सक्रिय थिए । उनले लिच्छविकालीन समय, मल्लकालीन समय, राणाकालदेखि शाह राजासम्मको चित्रका साथै विभिन्न देवीदेवताका चित्रहरू कोरेका छन् ।

सिंका चित्रकला हालै काठमाडौं महानगरपालिकाले लागू गरेको स्थानीय पाठ्यक्रममा समेत समावेश थिए ।

प्रकाशित : जेष्ठ २५, २०७८ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?