कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिन्धुलीमा ओली र महतोको पुत्ला दहन

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरिएको छ । 

सिन्धुलीमा ओली र महतोको पुत्ला दहन

बहुराष्ट्र र बहुराज्य बनाउन मुक्ति आन्दोलन गर्नुपर्ने महतोले दिएको अभिव्यक्ति र कोरोना महामारीको समयमा बढेको महँगी फिर्ता माग गर्दै प्रधानमन्त्री ओलीको कांग्रेसले सुनकोसी गाउँपालिका झाँगाझोली रातमाटामा पुत्ला दहन गरेको हो । उनीहरुले केही बेर बीपी राजमार्गमा चक्का जाम गरेका थिए ।

कोरोना संकटका बेला महँगी बढेको, चुरे उत्खनन् गरी ढुंगा, गिट्टी र बालुवा निकासी गर्न दिने सरकारी निर्णयको विरोध र महतोले मन्त्री भएलगत्तै बहुराष्ट्र र बहुराज्य बनाउने भनी दिएको अभिव्यक्ति प्रति कांग्रेसले आपत्ति जनाएको हो ।

पुत्ला दहन र सडक अवरुद्ध गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । केहीबेर आन्दोलनकारी र प्रहरीबीच धकेलाधकेल भएपनि कुनै अप्रिय घटना नभएको कांग्रेस नेता बोधविक्रम थापाले जानकारी दिए । बीपी राजमार्ग यातायात सुचारु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ २४, २०७८ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?