कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

बर्दियामा जेठ मसान्तसम्म निषेधाज्ञा

कमल पन्थी

बर्दिया — कोभिड–१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि स्थानीय प्रशासनले जेठ २० गते मध्यरातबाट थप ११ दिनका लागि निषेधाज्ञा थप गरेको छ । जिल्ला प्रशासन कार्यालयले पसल र वित्तीय संस्थान भने केही खुकुलो गरेको छ ।

बर्दियामा जेठ मसान्तसम्म निषेधाज्ञा

जेठ मसान्तसम्म बिहान ७ बजे देखि ११ बजेसम्म खाद्यान्य, फलफूल र दैनिक उपभोग्यका पसल सञ्चालनको अनुमति दिएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए । यसअघि बिहान ६ देखि ९ बजेसम्म पसल सञ्चालन भईरहेको थियो ।

वित्तिय संस्था आइतबार, मंगलबार र बिहीबार सञ्चालन गर्न अनुमति दिइएको छ । सार्वजनिक यातायातका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । यसअघि पहिलो पटक वैशाख १३ गते १९ गतेसम्म निषधाज्ञा आदेश जारी गरिएको थियो । दोस्रोपटक २० गतेदेखि ३१ गते राती १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा लागू गरिएकोमा थप ११ दिन बढाइएको थियो । चौथोपटक निषेधाज्ञा बढाइए पनि कोरोना संक्रमित केही घट्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।


प्रकाशित : जेष्ठ १९, २०७८ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?