३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

प्रतिनिधिसभा विघटन मुद्दामा जेठ २३ गते वरिष्ठताको आधारमा इजलास तोकिने

काठमाडौँ — प्रतिनिधिसभा विघटन मुद्दामा सुनुवाईका गठन गरिएको संवैधानिक इजलासका दुई सदस्य न्यायाधीश दिपक कार्की र आनन्दमोहन भट्टराईले इजलासबाट आफूलाई अलग गरेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले जेठ २३ गते नयाँ इजलास तोक्ने भएका छन् । 

प्रतिनिधिसभा विघटन मुद्दामा जेठ २३ गते वरिष्ठताको आधारमा इजलास तोकिने

मंगलबारको इजलासमा प्रधानन्याधीश जबराले वरिष्ठताको आधारमा इजलास तोक्ने बताएका हुन् । 'वरिष्ठताको आधारमा इजलास तोक्छु । त्यतिबेला रिट निवेदक र विपक्षी कसैले विवाद नगर्नुहोला भनेर आग्रह गर्न चाहन्छु,' प्रधानन्यायाधीशले इजलासमा भने । यससँगै मंगलबारको इजलास सकिएको छ ।

इजलासमा नेकपा विभाजनसम्मन्धी फैलसा गर्ने न्यायाधीश बमकुमार श्रेष्ठ र त्यसमा पुनरावलोकन अस्वीकार गर्ने न्यायाधीश तेजबहादुर केसी समावेश भएको भनेर रिट निवेदकका कानुन व्यवसायीले प्रश्न उठाएका थिए । तर, मंगलबार दुवै न्यायाधीशले त्यो मुद्दाको प्रतिनिधिसभा विघटनसँग सम्मबन्ध नभएको भन्दै इजलासबाट अलग हुन अस्वीकार गरेका थिए । त्यसलगत्तै इजलासका सदस्यहरु दिपक कार्की रआनन्दमोहन भट्टलाईले त्यसमा असहमति व्यक्त गर्दै इजलास छोडेका थिए । अनि प्रधानन्याधीशले नयाँ इजलास गठन गर्ने घोषणा गरेका हुन् ।

प्रकाशित : जेष्ठ १८, २०७८ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?