कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

जोखिमयुक्त भनिएका क्षेत्रहरुमा कोरोनाको संक्रमण दर घट्दो, कम जोखिमयुक्तमा बढ्दो

काठमाडौँ — जोखिमयुक्त क्षेत्रहरुमा पछिल्ला दिन कोरोना संक्रमण घट्दो र पहाडी क्षेत्रमा संक्रमण दर बढिरहेको एक अनुसन्धानले देखाएको छ । कोरोना संक्रमण सम्बन्धीका गणितीय अध्ययनहरु गर्दै आएको  गणितीय जीवविज्ञान समूह नेपाल (म्याथमेटिकल बायोलोजी रिसर्च ग्रुप नेपाल)का अनुसार हाल उच्च जोखिम क्षेत्र भनिएका ठाउँहरुमा संक्रमणको तीव्रता मापन अंक  पुर्नउत्पादन संख्याको मन पहाडी क्षेत्रको तुलनामा कम भएको जनाएको छ । 

जोखिमयुक्त भनिएका क्षेत्रहरुमा कोरोनाको संक्रमण दर घट्दो, कम जोखिमयुक्तमा बढ्दो

उपप्राध्यापक एवं गणितीय जीवविज्ञान अनुसन्धान समूहका अध्येता खगेन्द्र अधिकारीका अनुसार हाल उच्च जोखिम क्षेत्र भनिएका ठाउँमा संक्रमण तीव्रताको पुर्नउत्पादन संख्या(रिप्रोडक्सन नम्बर) 'आर' को मान ०.८४ छ भने पहाडी क्षेत्रमा १.१६ छ । आरको मान १ भन्दा बढी हुँदा संक्रमण बढिरहेको मानिन्छ । यही तथ्यांकलाई आधार मानेर अनुसन्धानकर्ताहरुले जोखिम युक्त भिनएका क्षेत्रहरुमा संक्रमण घटिरहेको जनाएका हुन् ।

तराईका जिल्लाहरु, काठमाडौं उपत्यका, पोखरा र सुर्खेतलाई जोखिमयुक्त र बाँकी भेगलाई कम जोखिमयुक्त क्षेत्रमा वर्गीकरण गरिएका थिए । 'सरकारले काठमाडौं उपत्यका लगायतका ठाउँहरुमा लकडाउन सुरुगर्दा करिव ८३ प्रतिशत संक्रमितहरु जोखिमयुक्त क्षेत्रका थिए भने अहिले करिब ६० प्रतिशत संक्रमित यस क्षेत्रमा छन्,' उनले भने,'जोखिमयुक्त क्षेत्रमा संक्रमितको संख्या १७ प्रतिशतबाट बढेर लगभग ४० प्रतिशत पुगेको छ। कम जोखखिमयुक्त क्षेत्र मानिएका पहाडी भेगहरुमा वैशाख १६ यता दैनिक संक्रमितको संख्या लगभग ७ सयबाट बढेर २६ सय हाराहारीमा छ । यो समय अवधिमा यी ठाउँमा संक्रमितको संख्यामा २७० प्रतिशतसम्मले बढेको छ । '

निषेधाज्ञा र लकडाउन गरेर संक्रमण दर कम गराउन महत्वपूर्ण भूमिका खेलेपनि पहाडी भेगहरुमा यसको प्रभाव कम भएको अनुसन्धानमा जनाइएको छ । हरेक १५ दिनसम्मका कोरोना संक्रमण दरको प्रक्षेपण यो अनुसन्धान समूहले गर्दै आएको छ । अबको पन्ध्र दिनमा कोभिडका दैनिक संक्रमितहरुको संख्या औसतमा लगभग ६००० भन्दाकम हुने प्रक्षेपण गरिएको अनुसन्धानकर्ता अधिकारीले बताए ।

कोरोना संक्रमितको पहिचान परीक्षणमा निर्भर हुने गर्छ । भेन्टिलेटर र आईसीयूमा भर्ना हुने संक्रमितहरूको संख्या आउने दिनहरूमा पनि वृद्धि हुने उनीहरुको अनुसन्धानको निष्कर्ष छ । सरकारले प्रस्तुत गरेको आईसीयू र भ्यान्टिलेटरमा रहेका बिरामीहरुको संख्या घट्नुको कारण आईसीयू तथा भेन्टिलेट चाहिने बिरामीको बिरामीको वास्तविक संख्यामा कमी नभई ग्रामीण र पिछडिएका क्षेत्रहरुमा स्वास्थ्य सुविधाको अभावका कारण भएको उनीहरुले जनाएका छन् ।

पहिलो चरणमा कोरोना संक्रमण नियन्त्रणमा लकडाउन प्रभावकारी देखिएपनि यसपट त्यति प्रभावकारी देखिएको छैन । समूहको अध्ययन अनुसार यसको प्रमुख कारण पहिचान हुन नसकेका संक्रमितहरुलाई हुन् । अहिले पहिचान हुन नसकेका संक्रमितको संख्या कूल संक्रमितको ७० प्रतिशतभन्दा बढी रहेको अनुसन्धानकर्ताहरुले निष्कर्ष छ । अनुसन्धानकर्ता अधिकारी भन्छन्,'अहिले सरकारले प्रस्तुत गरिरहेको आंकडा कूल संक्रमित को ३० प्रतिशत मत्रै हो । लकडाउनको साथ साथै प्रयाप्त मात्रामा कन्ट्याक ट्रेसिङ बढाउँदै नलगे कोरोना नियन्त्रणमा अझै चुनौती देखिन्छ । '

वैशाख १६ यता उपत्यकामा लकडाउन सुरु हुँदा कोरोनाको फैलावट तीव्र भएका स्थानहरूमा पनि लकडाउन सुरु भैसकेको थियो । वैशाख १६ मा नेपालभरमा कूल ४ हजार ९ सय २८ कोरोनाको नयाँ संक्रमित देखा परेका थिए । तीमध्ये १ हजार ५ सय ६१ काठमाडौं उपत्यकाका थिए । चेन ब्रेक गर्न भन्दै सरकारले सरकारले उपत्यकामा लकडाउन गरेपनि त्यो हुन नसेको अनुसन्धान समूहको निष्कर्ष छ । संक्रमण दरमा उल्लेख्य कमी नआएको भन्दै उपत्यकामा थप १५ दिन अझै कडा लकडाउन गरिएको छ ।

यो अनुसन्धान समूहले कोरोना संक्रमणको फेलावटको यसअघिको पहिलो चरणको कोरोना संक्रमणमा पनि अनुसन्धान गरेको थियो । उनीहरुको उक्त अनुसन्धान जोर्नल अफ थेउरेटिकल बायोलोजीमा पनि प्रकाशित छ । उक्त अनुसन्धानले पर्याप्त सावधानी नअपनाउने हो भने कोभिड-१९ को प्रकोप भविष्यमा विकराल बन्न सक्छ निष्कर्ष निकालेको थियो अनुसन्धान समूहमा प्राध्यापक डा. केदार नाथ उप्रेती, सह-प्राध्यापक डा. नवीन कुमार वैद्य, उपप्राध्यापकहरु अधिकारी,रमेश गौतम र अन्जना पोखरेल संलग्न छन् । त्रिविमा आबद्ध उनीहरुको यो समूहले कोभिड-१९ को दोस्रो लहरको अध्ययनका महत्वपूर्ण निष्कर्षहरु हरेक दिन आफ्नो वेभसाइटमा राख्दै आएको छ । प्राध्यापक वैध भने अमेरिकास्थित सान डियागो स्टेट युनिभर्सिटिमाका प्राध्यापक हुन् भने उप्रेती लगायत अरु त्रिभुवन विश्वविध्यालयमा कार्यरत छन् ।

प्रकाशित : जेष्ठ १७, २०७८ १५:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?