कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

राष्ट्रपति र प्रधानमन्त्रीका कदमको राजनीतिक रूपमा प्रतिवाद गर्ने विपक्षी गठबन्धनको निर्णय

काठमाडौँ — पाँच राजनीतिक दल आबद्ध विपक्षी गठबन्धनले ‘राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका असंवैधानिक कदमविरुद्ध कानुनी लडाइँसँगै राजनीतिक रूपमा पनि प्रतिवाद गर्ने’ निर्णय लिएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीका कदमको राजनीतिक रूपमा प्रतिवाद गर्ने विपक्षी गठबन्धनको निर्णय

कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा भएको बैठकले कोरोना महामारीबाट सुरक्षित हुँदै राजनीतिक तहबाट असंवैधानिक कदमको विरोध गर्ने तय गरेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।

बैठकमा वैधता गुमाएको कामचलाउ सरकारले पूर्ण आकारको बजेट ल्याएको प्रति पनि विपक्षी गठबन्धनका नेताहरुले विरोध जनाएका थिए । ‘कानूनी रूपमा अदालतमा पनि हामी गएका छौं । कोरोनाबाट राजनीतिक रूपमा पनि कसरी प्रतिवाद गर्ने भन्नेबारे छलफल गरेका छौं । असंवैधानिक कदमका विरुद्ध क्याम्पेन गरेर अघि बढ्नेबारे कुराकानी भएको छ,’ पौडेलले भने ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले (खनाल–नेपाल समूह) नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी थिए । नेताहरूले आफनो असंवैधानिक कदमका विरुद्ध सडक प्रदर्शन हुने डरले प्रधानमन्त्री ओलीले निषेधाज्ञालाई कडा बनाएको निष्कर्षसमेत निकालेका थिए । कोराना महामारी नियन्त्रण र रोकथामका अन्य उपाय अबलम्बन नगरी नागरिक अधिकार कुण्ठित पार्ने गरी निषेधाज्ञालाई मात्रै जोड दिएको विपक्षी गठबन्धनको ठहर छ ।


प्रकाशित : जेष्ठ १६, २०७८ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?