कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

प्रारम्भिक बालविकास शिक्षिका र विद्यालय कर्मचारीको न्यूनतम तलब १५ हजार पुग्यो

काठमाडौँ — सरकारले प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीको तलब १५ हजार पुर्‍याएको छ । अर्थमन्त्री विष्णु पौडेलले उक्त कुरा बजेट वक्तव्यमार्फत जानरकी दिएका हुन् ।

प्रारम्भिक बालविकास शिक्षिका र विद्यालय कर्मचारीको न्यूनतम तलब १५ हजार पुग्यो

'प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीलाई नेपाल सरकारले निर्धारण गरे बमोजिम १५ हजार न्यूनतम मासिक पारश्रमिक उपलब्ध गराइने छ । नेपाल सरकारले हाल उपलब्ध गराउँदै आएको मासिक पारिश्रमिकमा बृद्धि गरी ८ हजार पुर्‍याएको छुँ । न्यूनतम पारिश्रमिकभन्दा कम हुन आउने रकम सम्बन्धित स्थानीय तहले बेहोर्ने व्यवस्था मिलाइनेछ ।'

प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीलाई न्यूनतम पारिश्रमिक १५ हजार बनाउनका लागि ५ अर्ब ५५ करोड विनियोजन गरिएको उनले बताए ।

प्रकाशित : जेष्ठ १५, २०७८ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×