कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

ठाकुर र यादवद्वारा एकअर्कालाई पार्टीबाट निष्कासनको चेतावनीसहित पुन: स्पष्टीकरण

काठमाडौँ — जनता समाजवादी पार्टीको विवाद उत्कर्षमा पुग्दै गएको छ । पार्टीभित्र अध्यक्षद्वय महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवले एक अर्कालाई स्पष्टीकरण सोधिरहेका छन् । 

ठाकुर र यादवद्वारा एकअर्कालाई पार्टीबाट निष्कासनको चेतावनीसहित पुन: स्पष्टीकरण

ठाकुर र यादव पक्षले एक अर्कालाई पार्टीबाट निष्कासन गर्ने चेतावनीसहित शनिबार स्पष्टीकरण सोधेका हुन् ।

यसअघि पनि दुवै पक्षले एक अर्कालाई स्पष्टिकरण सोधेका थिए । त्यसको जवाफ नदिएको भन्दै फेरि निष्कासनको चेतावनीसहित स्पष्टिकरण सोधिएको हो ।

अध्यक्ष उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुर, नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई शनिबार स्पष्टीकरण सोधेको थिय । जेठ ८ गते सोधेको स्पष्टीकरणको जवाफ नदिएको भन्दै २४ घण्टाभित्र जवाफ दिन पार्टी केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले चार नेताका नाममा स्पष्टीकरण पत्र लेखेका छन् ।

जेठ ८ गते जसपाको केन्द्रीय कार्यकारिणीको बहुमत पक्षको बैठकले ठाकुर र अन्य तीन नेतालाई सरकार गठनका सम्बन्धमा पार्टी निर्णयविपरीत कार्य गरेको भन्दै स्पष्टीकरण सोधेका थिए । त्यस्तै, संसदीय दलको नेता एकलौटी रूपमा विभान विपरीत चयन गरिएको र प्रधानमन्त्री केपी शर्मा ओलीले गठन गरेको संविभान संशोधन कार्यदलमा बसेको लगायतका विषयलाई लिएर नेताहरूलाई स्पष्टिकरण सोधिएको थियो । तर, ठाकुर पक्षले स्पष्टिकरण नबुझाएपछि फेरि २४ घण्टाको समय दिएर चेतावनीसहितको स्पष्टिकरण सोधिएको हो ।

ठाकुरले भने अध्यक्ष यादवलाई जेठ ११ गते सोधेको स्पष्टिकरणको जवाफ नआएको भन्दै स्पष्टिकरण सोधेका छन् । उनले २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ पेस गर्न भन्दै त्यसो नगरिए र पार्टीबाट निष्कासनको कारबाही गरिने पनि उल्लेख छ ।


प्रकाशित : जेष्ठ १५, २०७८ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?