कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपरान्ह ४ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले सिंहदरबारबाट शुक्रबार अपरान्ह सम्बोधन गर्न लागेका हुन् ।

सरकारले शनिबार अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरिरहेका बेला प्रधानमन्त्रीको सम्बोधन त्यसै विषयमा केन्द्रित हुने बताइएको छ । पछिल्लो समय विभिन्न क्षेत्रबाट सरकारलाई अध्यादेशबाट बजेट नल्याउन सुझाव आइरहेको छ ।

प्रधानमन्त्री ओलीले कोरोना महामारी र पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि केही बोल्न सक्ने आकलन गरिएको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ । शुक्रबारदेखि नै प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिट निवेदनमाथि पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।

प्रकाशित : जेष्ठ १४, २०७८ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?