कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३४

सर्जिकलका कर्मचारीमाथि कुटपिट गरेको घटना छानबिन गर्न समिति गठन

भूषण यादव

वीरगन्ज — वीरगन्जको एक सर्जिकल पसलका कर्मचारीमाथि डीएसपीले कुटपिट गरेको घटनाको छानबिन गर्न २ नम्बर प्रदेश प्रहरी कार्यालयले छानबिन समिति बनाएको छ ।

सर्जिकलका कर्मचारीमाथि कुटपिट गरेको घटना छानबिन गर्न समिति गठन

प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धिरजप्रताप सिंहका अनुसार प्रहरी उपरीक्षक कृष्ण प्रसाईंको संयोजकत्वमा बिहीबार ३ सदस्यीय छानबिन समिति गठन गरिएको हो । 'समितिले अनुसन्धान सुरू गरिसकेको छ,' डीआईजी सिंहले भने, 'अनुसन्धानको क्रममा कोही प्रहरी कर्मचारी दाेषी देखिएमा प्रहरी नियमावली बमोजिम कारबाही गरिने छ ।'

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी प्रह्लाद कार्कीले बुधबार वीरगन्ज -८ आर्मी व्यारेक पछाडि रहेको प्याथो सर्जिकल हाउसमा पसेर कार्यरत कर्मचारीलाई बुट र लाैरोले हिर्काएका थिए । कुटेको सीसीटीभी फुुटेज बाहिरिए पछि प्रहरीको सर्वत्र आलोचना भइरहेको छ ।

प्रकाशित : जेष्ठ १३, २०७८ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा निजी क्षेत्र पनि अख्तियारको दायराभित्र पर्ने गरी प्रस्तावित व्यवस्थाबारे तपाईंको धारणा के छ ?

x
×