कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालमा कोरोनाबाट थप १४५ जनाको मृत्यु

काठमाडौँ — कोरोना भाइरस संक्रमणबाट नेपालमा थप १४५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको कोभिड १९ प्रेस ब्रिफिङमा देशभर गरी १४५ जनाको मृत्यु भएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । 

नेपालमा कोरोनाबाट थप १४५ जनाको मृत्यु

यस्तै पछिल्लो २४ घण्टामा १९ हजार ३० नमुनाहरुको पीसीआर परीक्षणमा ६ हजार ६७७ जनामा कोरोना पुष्टि भएको छ । ३ सय २२ नमुना एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३७ जनामा पोजिटिभ देखिएको छ । यस्तै २४ घण्टामा ६ हजार ७१६ जना निको भएका छन् । सोही अवधिमा १४५ जनाको निधन भएको छ । नेपालमा सक्रिय संक्रिमतको संख्या भने १ लाख १७ हजार ७७ पुगेको छ ।

प्रकाशित : जेष्ठ १२, २०७८ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?