२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

अदालत जानका लागि सांसदहरूको हस्ताक्षर संकलन गरिँदै

जयसिंह महरा

काठमाडौँ — १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री दावी गरेको विपक्षी गठबन्धन आफ्नो दावीलाई अस्वीकार गर्ने र संसद् विघटन गर्ने राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालत जाने तयारीमा छ । अहिले कांग्रेस संसदीय दलमा विपक्षी गठबन्धनका सांसदहरुको हस्ताक्षर र नागरिकता संकलन गरिरहिएको छ । 

अदालत जानका लागि सांसदहरूको हस्ताक्षर संकलन गरिँदै

माओवादीले आफ्ना सांसदकाे हस्ताक्षर र नागरिकता संकलन गरिसकेको छ भने कांग्रेस सांसदहरु अहिले सिंहदरबार आइरहेका छन् ।

कांग्रेस नेता रमेश लेखकका अनुसार कांग्रेस र माओवादी केन्द्रका नेताहरु कानुन व्यवसायीसँग रीटलाई अन्तिम रुप दिन छलफल गरिरहेका छन् । सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा वरिष्ठ अधिवक्ता मुक्ति प्रधान, गाेविन्द बन्दी, शतिषकृष्ण खरेललगायत कानुन व्यवसायी छन् ।

कांग्रेस महामन्त्री सशांक कोइरालाले आफूहरु अदालत जाने तयारीमा रहेको बताए । उनले राष्ट्रपति प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै यसका विरुद्ध राजनीतिक र कानुनी लडाई लड्ने विपक्षी ५ दलको निर्णय वमोजिम सांसदहरुको हस्ताक्षर र नागरिकता संकलन गरिएको बताए ।

प्रकाशित : जेष्ठ ९, २०७८ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?