२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

अमेरिकाबाट आइपुग्यो पहिलो लटको स्वास्थ्य सामग्री सहयोग

यूएनएआईडीले आइतबार स्वास्थ्य मन्त्रालयलाई १,००० अक्सिजन सिलिन्डर हस्तान्तरण गर्ने

काठमाडौँ — अमेरिकाले नेपाललाई कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आपतकालीन सहयोगस्वरुप पहिलो लटको स्वास्थ्य सामग्री शनिबार काठमाडौं ल्याइपुर्‍याएको छ । 

अमेरिकाबाट आइपुग्यो पहिलो लटको स्वास्थ्य सामग्री सहयोग

परराष्ट्र मन्त्रालयका अनुसार अमेरिकाले नेपाललाई पठाएको स्वास्थ्य सामग्रीका तीन कार्गो विमान शनिबार आइपुगेको हो । अमेरिकी सहयोग नियोग यूएसएआईडी र नेपालका लागि अमेरिकी राजदूतावासका पदाधिकारीहरुले उक्त सामग्रीहरु स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले हस्तान्तरण गरे । विमानमा सर्किकल मास्क, फेस सिल्ड र ग्लोब्स रहेका छन् ।

यस्तै, अहिलेको स्वास्थ्य सामग्री सहयोग यसअघि यूएसएआईडीले गरेको १०० भ्यान्टिलेरसहित अन्य सामग्रीहरु दिएकोमा थप सहयोग हो । परराष्ट्र मन्त्रालयका अनुसार यूएनएआईडीले आइतबार स्वास्थ्य मन्त्रालयलाई १,००० अक्सिजन सिलिन्डर हस्तान्तरण गर्ने कार्यक्रम छ ।

प्रकाशित : जेष्ठ ८, २०७८ २२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?