कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

देउवाको पक्षमा हस्ताक्षर गर्ने नेता नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौँ — नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।शनिबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको  हो ।

देउवाको पक्षमा हस्ताक्षर गर्ने नेता नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले आफ्नै पार्टी नेतृत्वको सरकारविरुद्ध गएर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने एमालेका २६ सांसद मध्ये ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको जानकारी दिए ।

स्पष्टीकरण सोधिनेमा नेता नेपालसहित झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खातुन, लक्ष्मी कुमारी चौधरी, निरादेवी जैरु रहेका छन् ।

नेपाल पक्षका २६ सांसद्ले शुक्रबार प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गरेको पत्रमा हस्ताक्षर गरेका थिए ।

‘विपक्षी दलका नेताको पक्षमा हस्ताक्षर गरेकामध्ये कतिले हामीले हस्ताक्षर गरेको छैन भनेर वक्तव्य दिनुभएको छ । कतिले माधवकुमार नेपालले प्रधानमन्त्री बन्ने वातावरण बन्यो त्यसका लागि समर्थन गर्नुस् भनेका कारण उहाँलाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि हस्ताक्षर गरेका हौं, शेरबहादुर देउवाको लागि सहमति छैन भनेर बाहिर प्रतिक्रिया दिनु भएको छ,’ ज्ञवालीले भने, ‘केहीले बेग्लै प्रयोजनका लागि लिइएको हस्ताक्षर दुरुपयोग गरियो भन्नु भएको छ । त्यसैले अहिले ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेका हौं । बाँकी साथीहरुसँग बेग्लै छलफल गरेर यथार्थ के हो बुझ्छौं ।’

प्रकाशित : जेष्ठ ८, २०७८ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?