कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वैकल्पिक सरकार बनेमा स्वागत गर्नेछु : प्रधानमन्त्री ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सरकार बनेमा आफूले स्वागत गर्ने बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै उनले दलहरुलाई वैकल्पिक सरकार बनेमा आफूले स्वागत गर्ने बताएका हुन् । 

वैकल्पिक सरकार बनेमा स्वागत गर्नेछु : प्रधानमन्त्री ओली

‘म फेरि पनि आग्रह गर्छु तपाईंहरु वैकल्पिक सरकार बनाउनुस् । बिना कुनै षड्यन्त्र म दलका नेताहरुलाई आग्रह गर्छु बनाउनुस् वैकल्पिक सरकार । म त्यसलाई स्वागत गर्नेछु । त्यसमा मेरो रचनात्मक सहयोग हुनेछ । सहयोगी भावनाका साथ कोरोना महामारी तथा अन्य कुरामा मेरो दल प्रस्तुत हुनेछ,’ उनले भने । वैकल्पिक सरकार बनाउन नसके आफूलाई समर्थन गर्न पनि उनले दलहरुलाई आग्रह गरेका छन् ।

उनले कोभिड–१९ विरुद्ध लड्न सबै दल मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउन सक्ने भए पनि आफू तयार रहेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार ‘मौजुदा सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको’ जनाउँदै सरकार निर्माणका लागि राष्ट्रपतिलाई धारा ७६ (५) अन्तर्गतको प्रक्रिया अघि बढाउन अनुरोध गरेका छन् । त्यसै अनुरोधबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई सरकार गठनका लागि आह्वान पनि गरेकी छिन् । प्रधानमन्त्री ओलीलाई जसपाको ठाकुर-महतो समूह सघाउने पक्षमा रहेको छ ।

तर प्रधानमन्त्री र राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको बाबुराम भट्टराई-उपेन्द्र यादव समूहले भने विरोध गरेको छ ।

प्रकाशित : जेष्ठ ७, २०७८ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?