कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संसद् भंग गर्ने र संविधान सिध्याउने डिजाइन भयो : गुरुङ

काठमाडौँ — नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले राष्ट्रपतिले संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको आह्वान गर्नु संसद भंग गरेर संविधान सिध्याउने डिजाइन अन्तर्गत भएको बताएका छन् । 

संसद् भंग गर्ने र संविधान सिध्याउने डिजाइन भयो : गुरुङ

गुरुङले राष्ट्रपति र प्रधानमन्त्रीबाट संसद भंग गर्ने साथै संविधान सिध्याउने डिजाईन अन्तर्गत नयाँ सरकार गठनको आह्वान भएको बताए ।

‘संविधान उल्लङ्घन गर्ने प्रक्रियाको पनि पराकाष्ट नै भयो । ७६(४) सदनमा उपयोग नगरी प्रधानमन्त्रीले मैले मान्दिनँ भनेर व्यक्तिगत रुपमा प्रयोग गर्ने धारा त हैन । सदनबाट प्रमाणित गर्नुपर्ने धारा हो । ७६ (५) प्रयोग गर्दा राष्ट्रपतिले ‘चेक एण्ड ब्यालेन्स’ गर्न पर्ने हो,’ गुरुङले भने, ‘तर राष्ट्रपतिले भोली ५ बजेसम्मको समय दिएर सरकार गठनका लागि आह्वान गर्नुभएको छ । यस्तो त कहिँ पनि हुँदैन । त्यसैले जसरी भए पनि संसद भंग गर्ने, संविधान सिध्याउने डिजाइन अन्तर्गत भएको छ ।’

राष्ट्रपति र प्रधानमन्त्रीबाट भएको षडयन्त्रलाई सफल हुन नदिन संसद र संविधानका पक्षधर दलहरुले अधिकतम कोसिस गर्नुपर्ने गुरुङले बताए । ‘यो षडयन्त्रको विरोध र भण्डाफोर गर्नुका साथै संसद विघटन गर्न नदिनका साथै संविधानको रक्षाका लागि के–के उपाहरु छन त्यसबारे यो संसद र संविधानका पक्षधर दलहरुले अधिकतम् कोसिस गर्नुपर्छ,’ गुरुङले भने ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार साँझ प्रतिनिधिसभा सदस्यलाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न शुक्रबार ५ बजेसम्मको समय दिएकी छन् ।

प्रकाशित : जेष्ठ ६, २०७८ २१:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?