कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

कोरोनाबाट थप २ सय ४६ जनाको मृत्यु 

काठमाडौँ — कोरोना भाइरस संक्रमणबाट नेपालमा थप २ सय ४६ जनाको मृत्यु भएको छ । यो नेपालमा २४ घण्टामा कोरोनाका कारण भएको सबभन्दा धेरै मृत्यु हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले विभिन्‍न जिल्लामा गरी थप २ सय ४६ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार ६५७ पुगेको छ ।

कोरोनाबाट थप २ सय ४६ जनाको मृत्यु 

पछिल्ला केही दिनमा मृत्यु दर घटेर दिनको दुई सयभन्दा तल पुगेको थियो । तर, फेरि मृतकको संख्या बढेको हो ।

यस्तै पीसीआर विधिबाट गरिएको परीक्षणमा २४ घण्टामा ८ हजार ६४ जनामा संक्रमण पुष्टि भएको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ सय ९ जनामा पोजिटिभ देखिएको छ ।

२४ घण्टामा ७ हजार ९ सय ८९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित : जेष्ठ ५, २०७८ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×